top of page

समावेशी श्रम अनुगमन ( Inclusive Labor Monitoring ILM) सामुदायिक ड्यासबोर्ड

Inclusive Labor Monitoring (ILM) भनेको उद्योगहरू आपूर्ति शृंखलाहरूमा र देशहरु जहाँबाट प्रवासी कामदारहरू आउँछन् र जहाँ उनीहरू काम गर्न जान्छन् दुवैमा कामको निरन्तर मोनिटरिङ गर्ने गर्छ । यो समावेशी छ किनकि यसले केवल कामदारहरूको निरन्तर प्रतिक्रिया मात्र नभई , आपूर्तिकर्ताहरू र मानव संसाधन प्रदायकहरूका क्रियाकलापहरू र प्रतिक्रियाहरू पनि प्रतिबिम्बित गर्दछ अर्थात् देखाउदछ ।

 

नागरिक समाज सेवा प्रदायकहरूले सामूहिक रूपमा ILM प्रणाली प्रयोग गरी हाम्रो डाटा संकलन गर्ने र सुरक्षित, लोकतान्त्रिक श्रमिकका आवाजहरूलाई विश्वलाई प्रस्तुत गर्ने काम

गर्दैछन् ।

सामुदायिक ड्यासबोर्ड: समावेशी श्रम अनुगमन ( INCLUSIVE LABOR MONITORING)

यो डाटा वास्तविक समयमा अपडेट हुन्छ। योगदानहरू एशियाभरि स्थानीय रूपमा आधारित नागरिक समाज संगठनहरू (एनजीओ र ट्रेड युनियनहरू) को नेटवर्कबाट बनाइन्छ जुन प्रत्यक्ष रूपमा कामदारहरूसँग काम गर्दछ। थप फिल्टरहरू पनि चाँडै आउँदैछन्, सम्पर्कमा रहनुहोस्!

उज्वल सपना (गोल्डेन ड्रीम्स) एक येल्प-जस्तो मोवाइल एप हो जसले रोजगार खोज्नेहरूलाई पारदर्शी, प्रत्यक्ष रोजगार बजार प्रदान गर्दछ र प्रवासी श्रमिकहरुले रोजगारदाता कम्पनीहरु, मेनपावर कम्पनीहरु, र सम्बन्धित गैरसरकारी संस्थाहरू लाई गरेको मूल्याङ्कन समावेश गर्दछ।

GOLDEN DREAMS: EMPOWERING ETHICAL RECRUITMENT

"विगत छ वा सात महिनादेखि मैले मेरो नयाँ राहदानी पाएपछि काम खोज्दै छु। मैले नक्कली रोजगारका विज्ञापनहरू र अविश्वसनीय मेनपावर कम्पनीहरूका चुनौतीहरूको सामना गरें, जुन मेरा साथीहरूले पनि अनुभव गरे। मलेसियाबाट फर्केको श्रमिकको रूपमा मेरो अनुभवको बाबजुद पनि रोजगार पाउन गाह्रो थियो। सौभाग्यवश, मैले फेसबुकमा इसरा र रोजगार खोज्नेहरूका लागि गोल्डेन ड्रीम्स मार्केटप्लेस बारे थाहा पाएँ। केही कठिनाइहरूको बावजुद, मैले निरन्तर प्रयास गरे र केही प्रयास पछि गोल्डेन ड्रीम्स एप मार्फत मेरो वायोडाटा पेश गर्न सफल भएँ। म प्रायः इसराको हटलाइन मार्फत सम्पर्क गरि राखेँ र उनीहरूको भाइबर मार्फत रोजगार आवेदन प्रक्रियाका स्क्रिनसटहरू पनि साझा गरें। 40 दिनको पर्खाइ पछि, मेनपावर कम्पनीले मलाई अन्तर्वार्ताको लागि बोलायो, ​​र मैले पास गरें! उज्वल सपना ( गोल्डेन ड्रीम्स) एप म जस्तै रोजगार खोज्नेहरूका लागि साँच्चै उपयोगी भएको छ। अब, म अरूसँग एपको बारेमा जानकारी दिन्छु र तिनीहरूको मार्गदर्शनको लागि इसराप्रति कृतज्ञता व्यक्त गर्दैछु। ठगीहरूबाट बच्न र वास्तविक रोजगारीका अवसरहरू फेला पार्न यस्ता स्रोत तथा साधनहरूको पहुँच सुनिश्चित गर्नु आवश्यक छ। म उज्वल सपना ( गोल्डेन ड्रीम्स) एप मार्फत सही रोजगारीका अवसरहरू प्राप्त गर्न अरूलाई मद्दत गर्न प्रतिबद्ध छु। इसरालाई धन्यवाद।"

- Burmese jobseeker in Bago, Myanmar

bottom of page